arrow

काँग्रेसमय बन्दैं रौतहट, बहुमतका साथ एक नम्वर पार्टी बन्ने नेताहरुको उद्घोष

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
rautahat_canided.jpg

रौतहट । नेपाली काँग्रेस रौतहटका सभापति कृष्णा यादवले स्थानिय तहको निर्वाचनमा रौतहट नेपाली काँग्रेसमय बन्दै गरेको दावी गरेका छन् । असोज २ गते हुने तेस्रो चरणको स्थानिय तहको निर्वाचनमा रौतहटका काँग्रेसजन उत्साहका साथ पार्टीलाई एक नम्वरको पार्टी बनाउन लागिपरेको बताए । काँग्रेस कार्यकर्ताहरुको लगन र मेहनतले रौतहटका सबै स्थानमा नेपाली काँग्रेस जीतको नजिक रहेको यादवले बताए ।

रौतहटका उम्मेदवारहरुको जित निश्चित रहेकोमा ढुक्क प्राय देखिएका सभापति यादवले आफ्ना कार्यकर्ताहरुलाई असोज २ गतेसम्म अन्य पार्टी वा उम्मेदवारको बहकाउमा नपर्न आग्रह समेत गरेका छन् । सभापति यादवले नेपाली काँग्रेसमा हजारौ कार्यकर्ता नेतृत्वका लागि सक्षम रहेपनि चुनावमा केहि मात्रले उमेदवार बन्न सक्ने अवस्थालाई मनन गर्न आग्रह गर्दै कतै कमजोरी भए त्यसलाई पार्टीले आगामी दिनमा सच्याउने विश्वास समेत दिलाए । उनले थपे पार्टीको राजनीति लामो यात्रा हो भन्ने सबैले मनन गरे एकदिन सबैको पालो आउँछ । तर पार्टीको विरुद्ध कतै वागी विद्रोही भए पार्टी चुप लागेर बस्दैन उनले सचेत पनि गराए ।

पार्टीका नेता तथा पूर्वमन्त्री आफताव आलमले काँग्रेस रौतहटमा एक नम्वर पाटी बनेर प्रदेशकै एक नम्वर पार्टी बन्न सहयोगी हुने बताए । उनले अत्यधिक स्थानमा पार्टी जीततर्फ अग्रसर रहेको बताए। काँग्रेस सबैको पार्टी हो भन्ने भावना आम मतदातामाफ पर्दै गएका कारण पनि काँग्रेसको पक्षमा माहौल आएको उनले बताए ।

नेपाली काँग्रेस पार्टीलाई स्थानिय तहमा बलियो बनाउन सबै स्थानिय तहमा उमेद्वारी दिएर प्रचार समिति बनाइ प्रचारको काम भइरहेको पनि सभापति यादवले जानकारी गराए । काँग्रेसले गरुडा नगरपालिकाको मेयरमा सुनिल कुमार यादव, उप मेयरमा रंगिला देवी, बृदाबन नगरपालिकाको मेयरमा रामस्नेही यादव, उप मेयरमा नजमा खातुन, गढीमाई नगरपालिकाको मेयर श्याम प्रसाद यादव, उप मेयरमा शुभद्रा गुप्ता, राजदेवी नगरपालिकाको मेयरमा धिरेन्द्र कुमार सिंह, उप मेयरमा रन्जु कुमारी साह, ईसनाथ नगरपालिकाको मेयरमा कौशल्या देवी सिन्हा, उप मेयरमा शेख कलम, परोहा नगरपालिकाको मेयरमा शेख वकिल, उप मेयरमा शुगान्धी देवी गिरी, राजपुर फरहदवा नगरपालिकाको मेयरमा शेख सकिल, उप मेयरमा जफिरा खातुन, बौद्धिमाई नगरपालिकाको मेयरमा रामलोचन जयसवाल, उप मेयरमा किरण कुमारी पटेल, फतुहा विजयपुरको मेयरमा गोपाल प्रसाद यादव, उप मेयर अम्बया खातुनलाई उमेद्वार बनाएको छ ।

यसैगरि देवाही गोनाही नगरपालिकाको मेयरमा बच्चा बाबु, उप मेयरमा प्रमिला कुमारी, मौलापुर नगरपालिकाको मेयरमा दामोदर प्रसाद यादव, उप मेयरमा मन्जु कुमारी साह, माधव नारायण नगरपालिकाको मेयरमा शंकर राय यादव, उप मेयरमा रेणु यादव, कटहरिया नगरपालिकाको मेयरमा अजय प्रकाश, उप मेयमार चुनु कुमारी यादव, गुजरा नगरपालिकाको मेयरमा शेख दाउद, उप मेयरमा रत्ना लामा, यमुनामाई गाउँपालिकाको प्रमुखमा श्रीराम राय यादव, उप प्रमुख सद्रा नेसा , दुर्गा भगवति गाउपालिकाको प्रमुखमा अरुण कुमार साह, उप प्रमुख मन्जु देवी झाले काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।  

नेपाली काग्रेस रौतहटले सदरमुकाम गौर नगरपालिकामा भने संघिय समाजवादी फोरमसँग सहकार्य गरेका छ । गौरमा काँग्रेसले मेयरमा फोरमलाई छोडेको छ । फोरम नेपालले मेयरमा गौरी शंकर प्रसाद यादवलाई उठाएको छ भने काँग्रेसले उप मेयरमा विर बहादुर साहलाई उम्मेदवार बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ