arrow

प्रतिनिधिसभा निर्वाचनका लागि विवेकशीललाई तराजु, बाबुरामलाई आँखा, अरुलाई कुन् चिह्न ? (सूचीसहित)   

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि निर्वाचन आयोगले विभिल्ल दलहरुलाई चुनाव चिह्न प्रदन गरेको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि संविधानको धारा २७१ बमोजिम निर्वाचन प्रयोजनको लागि दल दर्ता गरी पाउँ भनी आयोगमा परेका निवेदन सम्बन्धमा निर्णय गरेको हो । 

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गराउन आयोगको मिति २०७४÷४÷१३ को निर्णयानुसार मिति २०७४÷४÷१४ मा सूचना प्रकाशन गरिएको थियो । उक्त सूचनाको आधारमा निर्धारित समयभित्र आयोगसमक्ष निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनको निम्ति आवश्यक कागजातहरुसहित ९५ वटा राजनीतिक दलले निवेदन दर्ता गराएका थिए । 

राजनीतिक दलहरुले निवेदन साथ पेश गरेका सम्पूर्ण कागजातहरु जाँचबुझ गरी देहाय बमोजिमका राजनीतिक दलहरुलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता गरी दलहरुले प्राथमिकता क्रममा माग गरेका निर्वाचन चिह्नहरूमध्ये आयोगको निर्वाचन चिह्नको समूहमा कायम रहेका निर्वाचन चिह्नबाट निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको छ ।

साथै दुई वा दुई भन्दा बढी राजनीतिक दलहरु संयुक्त भई एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन चाहेका राजनीतिक दलहरुको हकमा समेत राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णय समेत भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ