arrow

सुन तस्करीको नयाँ खुलासाः रक्तचन्दन तस्कर नै सुन तस्करीमा

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
88kg-gold.JPG

काठमाडौं । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ ।

काठमाडौंमा गत सोमबार बराबद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सत्रिय देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार छलेर काठमाडौंसम्म ल्याउन चिनियाँ नागरिक सक्रिय छन् । 

काठमाडौंमा भण्डारणमा समेत चिनियाँ नागरिककै संलग्न रहेको र काठमाडौंको बजारमा तस्करीको सुन फैलाउन र भारत पुर्‍याउन नेपाली नागरिक संलग्न रहेको प्रहरी स्रोतले जानकारी दियो ।

२०६२–०६३ को आन्दोलनसँगै भारतमा रहेको रक्तचन्दन चीनको तिब्बत पु¥याउन नेपालको स्थलमार्गको प्रयोग बढेको थियो । चन्दन तस्करीमा भरिया फेला पारे पनि मूल नाइके जोगिएका थिए ।

२०६५पछि चन्दन तस्करीमा संलग्न समूह नै तातोपानी नाका हुँदै नेपालमा सुन भित्र्याउन सक्रिय थिए । 

भूकम्पपछि खासा नाका बन्द भएसँगै चन्दन र सुन तस्करी केरुङतर्फ सरेका हुन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ