arrow

इथियोपियाको दक्षिणी प्रदेशमा झण्डै चार हजार कैदी जेलमुक्त

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
ethiopia.jpg

अडिस । इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा बिहीबार तीन हजार ९९ जना कैदीलाई जेलमुक्त गरिएको छ । आउदो सेक्टेम्बर ११ देखि सुरु हुने इथियोपियाको नयाँ बर्षको अवसरमा उनीहरुलाई कैद माफी गरी जेलमुक्त गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

दक्षिणी क्षेत्रीय राज्यका प्रमुख प्रशासक डेसिइ डाल्कीइले आम माफी पाउनका लागि आवश्यक सवै प्रक्रिया र मापदण्ड पुरा गरेकाले उनीहरुलाई जेलमुक्त गरिएको बताए  । 

शान्तिपूर्ण रुपमा बाच्ने कैदीको लालसा, कैदमा हुँदाको उसको व्यवहार, कैदीको पारिबारिक अवस्था, स्वास्थ्य अवस्था, कैदीलाई भएको पश्चाताप र उसको अनुशासनको अवस्था लगायतलाई हेरेर कैद माफी दिन सकिने कानुनी व्यवस्था रहेको छ । 

दक्षिणी राज्यले अबलम्बन गरे जस्तै मापदण्ड अप्नाएर अम्हारा र टीग्रा राज्यले पनि यसै हप्ताको सुरुमा केही कैदीहरुलाई जेलमुक्त गरेका थिए । 

अम्हारा क्षेत्रीय राज्यले एक हजार ९८१ जनालाई र टिग्रा राज्यले ९५७ जनालाई जेलमुक्त गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ