arrow

इंगल्याण्ड–वेष्ट इन्डिज क्रिकेटः १६९ रन १४ विकेट

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
eng-wi.jpg

लन्डन । इंगल्याण्ड र वेष्ट इन्डिज बीचको तेस्रो टेष्ट क्रिकेटमा बलर हाबी भएका छन् । 

बिहिबारदेखि सुरु भएको तेस्रो टेष्टको पहिलो दिन वेष्ट इन्डिज १२३ रनमै अलआउट भएको छ । 

किरन पोवेलले ३९ रनको सर्वाधिक योगफल जोड्दा ६ खेलाडीले दोहोरो अंकसमेत बनाएनन् । तीन खेलाडीले रनको खाता पनि खोलेनन् । 

बेन स्टोक्सले २२ रन खर्चेर ६ विकेट लिए । उनले १४.३ ओभरमा ६ मेडन राखे । 

जवाफमा इंगल्याण्डले पनि खराव ब्याटिङ गरेको छ । इंगल्याण्डले पहिलो दिनको समाप्तिसम्म ४ विकेटको नोक्सानीमा ४६ रन बनाएको छ । 

अलराउण्डर बेन स्टोक्स १३ रनमा नटआउट छन् । उनलाई मलानले १३ रनबाटै साथ दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ