arrow

ट्याम्के मैयुङको बजेट २७ करोड ६४ लाख रुपैयाँ, १८ दिनसम्म परिषद बैठक 

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
bhojpur_district_map.png

भोजपुर । सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै टेम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । 

गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युत्लाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ । 

गाउँसभाले सडकमा रु पाँच करोड ९ लाख सत्तरी हजार, विद्युत्मा रु एक करोड ३८ लाख ३० हजार र गाउँपालिका स्तरीय मध्यम तथा साना पूर्वाधारमा रु एक करोड पचहत्तर लाख बजेट विनियोजन गरेको टेम्केमैयुङ गाउँपालिका–५ खावाका वडाअध्यक्ष सुनिल राईले जानकारी दिए । 

गाउँपालिकालाई आर्थिक वर्ष २०७४÷७५ का लागि कुल २७ करोड ६४ लाख बजेट प्राप्त भएको छ । 

गाउँसभाले गाउँपालिकाको नाम यसअघिको ट्याम्केमैयुमलाई संशोधन गरी ‘टेम्केमैयुङ’ नामाकरण गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । 

गत भदौ ५ गतेदेखि शुरु भएको परिषद् बिहीबार सकिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ