arrow

तराईमा भोटहाल्न जानेलाई कुनै समस्या नहुने, सेनाले यी सडकहरुमा द्रूतगतिमा गरिरहेको छ काम 

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार

काठमाडौं । नेपाली सेनाले तेस्रो चरणको निर्वाचनमा सहभागी हुन जानेहरुलाई अवरोध नहुनेगरी बाटो निर्माणको काम सम्पन्न हुने नेपाली सेनाले जनाएको छ । गत श्रावण महिनामा परेको अविरल वर्षाको कारण आएको वाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटोहरु मरामत गरी आगामी असोज २ गते प्रदेश नं. २ मा हुन गईरहेको तेस्रो चरणको निर्वाचनको क्रममा सर्वसाधारण जनताहरुलाई मतदान केन्द्रहरुसम्म पूग्ने पहुँच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसँगको सहकार्यमा नेपाली सेनाले मर्मत गर्ने कार्य तीव्रताका साथ गरी रहेकोले कुनै समस्या नहुने भएको हो । 

नेपाली सेनाबाट खटिएका सैनिक टोलीहरुले सप्तरी जिल्लाको राजविराज स्थित डुम्री–राजदेवी तथा विरौल–डुम्री–शिवथान–देउरी सडक खण्डका विभिन्न स्थानका क्षतीग्रस्त सडकमा परेका ठूला ठूला खाल्टाहरुमा माटो तथा गिट्टी भरी सवारी साधन सुचारु गराउनुको साथै, सोही जिल्लाको भारदह–पोर्ताह–मयनकडरी–बग्धुवा सडक खण्डमा बाढीद्वारा कटान भएको सडक मरामतको कार्य गरेको छ । 

सोही सडक खण्डको हनुमाननगर कंकालिनी ईलाकामा २८ मिटर कटान भई ६ फिट गहिरो खाल्डो परी पूर्ण क्षती भएको सडकमा माटो तथा गिट्टी भरी मरामत कार्य सम्पन्न गरेको र सोही क्रममा सिराह जिल्लाको सिराह न.पा. ९ गुलेरिया, विष्णुपुर, राजपुर, गोलबजार बेतुना गुर्धाम र भगवानपुर ईलाकाको क्षतीग्रस्त सडक खण्डमा बालुवा तथा माटो भर्र्ने कार्य सम्पन्न गरी उक्त जिल्लाहरुको मतदान केन्द्रहरु सम्म आवत जावत सहज बनाउन मद्धत गरेको छ ।  

यसै क्रममा शुक्रबार मिति २०७४ भाद्र २३ गते श्री पूर्वी पृतनापति उपरथी श्री गौरव तण्डुलले उल्लेखित सिराह तथा सप्तरी जिल्लामा भई रहेको सडक तथा पहुँच मार्ग मरामतको प्रगतिको निरीक्षण गरेका छन् । 

यसैगरी नेपाली सेनाबाट खटिएका सैनिक टोलीहरुले बारा जिल्लाको कलैया उपमहानगरपालिका १६, १७, २३ र ब्रन्हपुरी ईलाकामा क्षतीग्रस्त ३ कि.मि. कच्चि सडक खण्डमा माटो तथा ढुंगा भरी गरि मतदान स्थलसम्म जाने बाटो मरामत गरी यातायात सुचारु गर्नुको साथै, पर्सा जिल्लाको मसिहानी, लक्ष्मीपुर, पसैनी, जगन्नाथपुर, श्रीपुर तथा रंगपुर ईलाकामा बाढीले क्षती पु¥याएको कच्ची सडक मरामत गरेको छ । साथै, रौतहट जिल्लाको राजपुर न.पा. २ फतुवा महेशपुर ईलाकाको २१५ मिटर कच्ची सडक खण्डमा माटो भरी सडक सुचारु गराएको छ । 

सोही क्रममा धनुषा जिल्लाको मिथिला विहार न.पा.५ ईलाकाको क्षतीग्रस्त सडकमा माटो  तथा गिट्टी भर्नुको साथै, सोही जिल्लाको महोत्तरी न.पा.२ स्थित अनौठा ईलाकाको कच्ची सडकमा माटो भरी कल्र्भट मरामत कार्य गरेको र सर्लाही जिल्लाको मलंगवा न.पा. भाटसर, खुटौना ईलाकामा क्षतीग्रस्त बाटो मरामत गर्नुको साथै सोही जिल्लाको बलरा बजार र भन्सारटोल इलाकाको १ कि.मि. कच्ची बाटोमा ग्राभेल गरि सवारी साधन आवत जावत सुचारु गराएको छ । उल्लेखित सडकहरु मरामत कार्यको लागि लोडर, डोजर, ट्रक, ट्रयाक्टर लगायत अन्य साना हाते औजारहरु समेत प्रयोग गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ