arrow

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका लागि फिदिममा हस्ताक्षर संकलन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
no-corruption.jpeg

पाँचथर । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका लागि इन्सेक पाँचथरले शुक्रबार हस्ताक्षर संकलन गरेको छ । सदरमुकाम फिदिमको मुटु मानिने गणतन्त्र चोकमा हस्ताक्षर संकलन गरिएको हो । ‘म सबैखाले भ्रष्टारको विरोध गर्दै सदाचारप्रति प्रतिबद्ध रहनेछु’ लेखिएको फ्लास बोर्डमा राजनीतिकर्मी, नागरिक समाज, संघ–संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधरणले हस्ताक्षर गरेका थिए ।

उक्त फ्लास वोर्ड इन्सेक पाँचथर प्रतिनिधि मंगल बेघाको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समितिका प्रमुख बिमल सापकोटालाई बुझाएको थियो । फ्लास वोर्ड बुझ्दै प्रमुख सापकोटाले जिल्लाका आठ वटै स्थानीय तहमा यसबारे जानकारी गराउँने र सबै किसिमका भ्रष्टाचारलाई निरुत्साहित गर्न आफू क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गरे । उक्त फ्लास बोर्डमा प्रमुख सापकोटाले पनि हस्ताक्षर गरे ।
 
इन्सेकको राष्ट्रिय हस्ताक्षर अभियान अन्तर्गत पाँचथरमा हस्ताक्षर संकलन गरिएको इन्सेक प्रतिनिधि बेघाले जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ