arrow

यस कारण एनआरएन युएइमा श्रेष्ठको उमेदवारी

logo
नबिन अर्याल,
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
shrestha_nrna.jpg

युएई ।  अहिले युएइमा गैह्र आवासीय नेपाली संघको अधिबेशनको लागि उमेदवारहरु लागि परिरहेका छन् ।  हामीले  उमेदवारी दिने व्याक्तिको बारेमा सोचेर निर्णय लिन जरुरी छ ।

  अध्यक्षका प्रत्यासी रमेश श्रेष्ठ एनआरएन युएईको २ पटकको समितिमा क्रमश सदस्य र उपाध्यक्ष बनेर  प्रवासी  नेपालीहरुको  दुख सुखको सहयात्री बने  ।  श्रेष्ठले २०१५ -२०१७ कार्यसमितीले चलाएको अभियान सहयोग तथा उद्दार समितीको संयोजक भएर युएईमा भईपरी आएका विविध श्रमिकहरुको समस्याहरुलाई समाधान गर्दै पीडितहरुलाई सहयोग गर्ने प्रयास गरे।  यसअघि उपाध्यक्ष हुँदाको कार्यकालमा रहेका प्रतिबद्धतालाई कार्यन्वयन गर्न पनि श्रेष्ठले अध्यक्ष जित्नुपर्ने देखिन्छ ।   

युएईमा रहेका संघ संस्थाप्रति सकारात्मक भइ हातेमालो गर्ने प्रतिबद्धता लिएका श्रेष्ठ  विगतमा आफु सहयोगी भइ प्रवासी नेपालीको हकहितमा लागेको कुरालाई हामी नकार्न सक्दैनौ । बर्तमान अवस्थामा  युएईमा नेपालीहरुका विविध किसिमका समस्याहरु रहेका छन । भिजिट भिसाको समस्या झनै बिकराल हुँदै गएको छ ।नक्कली भिसाको बिगबिगी छ । मानब तस्करी बढ्दो छ । घरेलु कामदारहरुको समस्या झनै बढ्दो छ । यस्ता  बिषयलाई छिटो भन्दा छिटो टुङ्याउनको लागि समेत श्रेष्ठले आफ्नो नेत्रित्वमा बनेको आगामी कार्यसमितीले बिशेष भूमिका निर्बाह गर्ने प्रतिबद्दता जाहेर गरेका छन् जुन जरुरी पनि छ  ।

त्यसैगरि श्रेष्ठ भन्छन् -' हरेक दिन कोहि न कोहि नेपाली समस्यामा पर्ने वा नेपालमा पनि बिभिन्न समस्या ,बिपत्तिहरु परिरहने र त्यसको  सहयोगार्थ हामीले सधै प्रवाशमा रहेका नेपालिहरुसँग सहयोग संकलन गरि रहन्छौ, हरेक पटक सहयोग मागी रहन पर्ने र सामान्य कामदारको रुपमा काम गर्ने अधिकांश नेपालीहरुले सधै सहयोग गरिरहन पनि नसक्ने यस्तो अवस्थामा हामीले एनआरएन  अन्तराष्ट्रिय समन्वय समितिसंग समेत सहकार्य गर्दै एउटा कोष स्थापाना गर्ने र साना तिना सहयोग आवश्यक रहेको खण्डमा त्यसै  कोष मार्फत उद्दार तथा राहात तत्काल परिचालन गर्ने गरि एउटा कोष बनाउने छु।'  

अबको एनआरएको  कार्यकालको लागि विगतमा एकिकृत हुन नसकेको र हातेमालो समेत गर्ने प्रतिबद्धता पनि आएकोले उनको यस कार्यकालको अध्यक्षताको उमेदवारी जरुरी छ ।

युएइमा भिजिट भिसामा आएकाहरु अस्वस्थ्य भइ अस्पताल भर्ना भएको स्थानमा समेत सहयोगी बनेर श्रेष्ठ पुगेका छन् ।  अबको युएई गैह्र आवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी रमेश श्रेष्ठलाई सफलताको शुभकामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ