arrow

अवैध हतियार राख्ने बुढा प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
gun-local.png

बाजुरा  । अवैध रुपमा हतियार राख्ने हिमाली गाउँपालिका ३ युनाका बेलधनक बुढालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । सुराकीको आधारमा घरमा अवैध घरेलु हतियार राखेको जानकारी पछि हतियार सहीत बुढालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

 हतियार २१ गते नियन्त्रणमा लिएको हो । भरेर रोखेको अवस्थामा एक नाले बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख एव.प्रहरी निरीक्षक जगदिशचन्द्र भट्टले जानकारी दिएका छन् ।

 नियन्त्रणमा रहेको बुढलाई थप अनुसन्धानका लागि १५ दिनको म्यद थप सहीत थुनामा राखिएको भट्टले बताए । अनुमति विना अवैध रुपमा हतियार राख्न नपाउने प्रावधान रहेको छ । त्यसको विपरित कार्य गरेमा हात हतियार खरखजना ऐन सम्बन्धी कारवाही हुने कानुनी व्यवस्था रहेको छ । बुढालाई पनि सोही ऐन अन्तर्गत कारवाही सुरु गरिने बताईएको छ ।

अवैध रुपमा १ थान अबैध बन्दुक भएका बुढालाई हवल्दारको नेतृत्वको टोलीले पक्राउ गरेको हो । हातहतियार खरखजना सम्बन्धीको मुद्धा दायर भई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गरिएको भट्टको भनाई रहेको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ