arrow

अपराधीक क्रियाकलापमा संलग्नलाई कार्वाही हुन्छ : एआइजी लामा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ २४ शनिबार
lama.jpg

पाल्पा ।  प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मिङमार लामाले अपराधीक क्रियाकलापमा संलग्न जोकोहीलाई पनि नियन्त्रणमा लिई कडा कानुनी कार्वाही गर्ने बताएका छन् । शुक्रबार तानसेनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको नवर्निमित पाँच कोठे भवनको उद्घाट गदै लामाले जनतालाई शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार बाट बञ्चित हुन नदिने गरि आफ्नो प्राथामिक योजना रहेको बताए ।  

महानिरिक्षक  लामाले आफुहरु भष्ट्रचार उन्मुलनको मामीलामा  प्रभावकारी भुमिकाका साथ अगाडी बढेको र  प्रहरी जनताको सेवक भएकाले जनताले लोकतन्त्रको आभास हुने गरि कार्य गर्ने  बताए ।

उनले भने - '‍ प्रहरीले पारदर्शी र नागरिक मैत्री व्यवहार गर्ने छ ।' प्रदेश नम्वर ५ का प्रहरी प्रमुख समेत रहेका लामाले प्रदेश प्रहरीलाई संघीय संरचनामा चुनौती रहेको बताए । उनले  प्रहरी ऐन २०१२ हटाई संघीय प्रहरी ऐन २०७४ अनुसार काम गर्ने बताए । अब प्रदेश र संघीय प्रहरी हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ