arrow

बालुवाटार बैठक : भूकम्प गएकै दिनबाट घर निर्माण

पुनःनिर्माणको आधारभूत तीन महिने कार्ययोजना पारित

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
Sindhupalchwok-majhi-basti-2.jpg.jpeg.jpeg
काठमाडौं । विभिन्न राजनीतिक दल र उच्च सरकारी अधिकारी सम्मिलित राष्ट्रिय पुनःनिर्माण परामर्श परिषद् बैठकले पुनःनिर्माणको आधारभूत तीन महिने कार्ययोजना पारित गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तीन महिनाभित्र ४ चरणका काम गर्ने कार्ययोजना पारित गरेको हो ।  बैठकको छलफलमा कार्ययोजनाको पहिलो चरणमा माघ २ गतेबाट राष्ट्रिय पुनःनिर्माण अभियान शुरु हुने जानकारी दिइयो । 
 
पुनः निर्माण अभियानको पहिलो चरणमा भूकम्प पीडित जिल्लामा समन्वय समितिको गठन तथा दोस्रो चरणमा पुनःनिर्माण कार्यान्वयन अवधारणा सार्वजनिक हुने छ । फागुन १२ सम्म सो कार्य सम्पन्न गर्ने लक्ष्य छ । वैशाख १२ गते प्रत्येक जिल्लाको कम्तिमा पाँचवटा गाविस वा नगरपालिकाहरुमा व्यक्तिगत आवास निर्माण कार्य प्रारम्भ हुने कार्ययोजनामा उल्लेख छ । गरिने छ । पञ्च वर्षिय पुनःनिर्माण कार्ययोजना अनुसार भवन निर्माणका लागि सहयोग गर्ने एकजना इन्जीनियर, एकजना समाजिक परिचालक र एकजना तालिमप्राप्त निर्माणकर्मीको व्यवस्था गर्ने सरकारी योजना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ