arrow

माओवादीको दिल निकै ठूलो छ : प्रचण्ड

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
prachanda-g-new.jpeg

बारा। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको दिल निकै ठूलो भएको बताएका छन् । "माओवादीको दिल निकै ठूलो छ, हामीमा संकिर्ण सोच छैन", सिम्रौनगढमा आयोजित  सभामा प्रचण्डले भने, "माओवादीको दिल निकै ठूलो छ। हामीमा संकिर्ण र अतिवादी सोच छैन। हामी हिमाल, पहाड र मधेशका जनतालाई समान माया गर्छौ, सम्मान गर्छौं, हामी कसैलाई अपमान गर्दैनौं र संकिर्ण सोच राख्दैनौं।"

"माओवादीले मात्र देशको विकास र समृद्धिको नेतृत्व गर्न सक्छ, जनताको जीवन बदल्न सक्छ", प्रचण्डले भने, "अब देशो बागडोर सम्हाल्ने अवसर दिनुस्, हामी देशलाई समृद्धि र विकासको नयाँ युगमा पुर्याउँछौं।"

"माओवादी मात्रै जनताको असली मित्र हो, साथी हो। हामी मधेशमा पहिचान, अधिकार र आर्थिक विकासको नेतृत्व गर्न चाहन्छौं", प्रचण्डले भने , "तपाईहरुमा जुन जागरण आएको छ, अब माओवादीले त्यसको नेतृत्व गर्नेछ।"

 कार्यक्रममा सहरी विकास मन्त्री प्रभू साहले मधेशको मुहार फेर्न राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १००० नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ