arrow

तराईलाई गाली गर्ने केपी ओली र पहाडलाई गाली गर्ने सीके राउत एउटै हुन् : नेता खाँण

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
balkrishna-khan-pokhara-nn.jpeg

भैरहवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी ओली र तराई अलग गराउने आन्दोलनमा सक्रिय  सिके राउत उस्ता उस्तै भएको टिपपणी गरेका छन् ।  ओलीले काठमाडौ र पहाडमा बसेर तराई बासिलाई गाली गर्ने र राउतले तराईमा बसेर पहाडी हिमाली समुदायलाई गालीगलौज गर्दै दुवै राष्ट्रीय अखण्डता र राष्ट्र बिखण्डनमा लागेको उनको आरोप छ ।

बिपी कोईरालाको १०३ औ जन्मजयन्ती तथा निर्वाचीत जनप्रतिनीधीको सम्मानमा नेपाली काँग्रेस रुपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको कार्यक्रममा नेता खाँणले राष्ट्रियता कमजोर पार्दै बिखण्डनमा लाग्नेहरु राष्ट्रबादी हुनै नसक्ने जिकीर गरे । सिमाको रक्षा र राष्ट्रिय स्वाभीमान उचो राख्न हिमाल, पहाड, तराई, पुर्वमेचीदेखी पश्चिम महाकाली र मर्चवारदेखी मुस्तानसम्म बस्ने सवै नेपालीको उत्तीकै योगदान रहेको चर्चा गर्दै उनले राष्ट्रियताको रक्षा गर्नेहरुलाई बिभाजन गरी मुलुकलाई कमजोर बनाउन एमाले अध्यक्ष ओली र राउत लागेको दावी गरे ।

‘उत्तरी सिमानामा समस्या आउदा त्यहीका बासिन्दा लडेका छन्, भने दक्षीणमा समस्या पर्दा त्यहीका बासिन्दा लडेका छन् । सवै नेपाली राष्ट्रियता बलीयो बनाउन लागेका छन् । उनले भने –नेपालीको सम्मान र राष्ट्रियता बलीयो बनाउनुको सट्टा एउटा काठमाडौमा बसेर मधेसलाई गाली गर्छ, अर्कोले जनकपुरबाट तराई अलग गराउछु भन्छ । यि दुवैका क्रीर्याकलाप र अभिब्यत्ति राष्ट्र हित बीपरीत छन् ।’

बिदेसी दुताबासबाट चुनावखर्च बुझेर छिमेकीलाई गाली गर्दै हिड्ने र निश्चित समुदायलाई अपहेलना गरी हिड्ेदैमा राष्ट्रबादी हुन नसकीने उनले प्रस्टाए । एमालेका कुन नेताले कुन दुताबासबाट चुनाव खर्च भन्दै कती लिएका छन् भन्ने जानकारी आफु रक्षामन्त्री हुदाँ पाएको भन्दै उनले यो उघ्रता र नक्कली राष्ट्रबाद नरोकिए सार्वजनीक गर्ने समेत चेतावनी दिए ।

नक्कली राष्ट्रबाद र उघ्रपनाले मुलुक कमजोर बन्दै गईरहेको भन्दै उनले अव सवै नेपालीले गभींर भएर सोच्नु पर्ने बेला आएको बताए । हिजो राजाले देसलाई कमजोर पार्दै आफु शक्तीसाली बन्न खोज्दा राजतन्त्र सकीएको र अहीले एमाले अध्यक्ष ओलीले त्यही मार्ग अवलम्वन गर्दै राष्ट्रिय एकतालाई कमजोर पारी आफु शक्तीसाली बन्न खोजीरहेको उनले जनाए । यस्ता अतीबाद र नक्कली पनाले मुलुक झन कमजोर हुदै जाने भन्दै उनले बेलैमा कमजोरी सुधार गरी राष्ट्रिय एकता कायम गर्न तर्फलाग्न सुझाव दिए ।

 खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले काँग्रेस सस्तो लोकप्रीताबादी पार्टी नभई मुलुकलाई बलीयो बनाउन र राष्ट्रिय उकता कायम राख्न राष्ट्रलाई बलीयो बनाउने र तयसकोलागी सवै नेपालीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यताबाट निर्देसित भएको बताए । सचिव रामकृष्ण खाँणको सचांलन, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको स्वागतमा भएको कार्यक्रममा निर्वाचीत जनप्रतिनीधीहरुलाई सम्मान गर्दै जनभावना बुझेर जनताको हितमा काम गर्न निर्देसन समेत दिईएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ