arrow

झापा मोरङ र सुनसरीलाई टुक्राउन खोजे उपप्रम गच्छदारले आन्दोलन गर्ने

पूर्वमा ८ औं प्रदेश बनाएर समस्या समाधान गर्नुपर्ने

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
bijay.jpg.jpeg
कुमोद अधिकारी, विराटनगर । उपप्रधानमन्त्री एवं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले सिंमांकनको विवाद मिलाउने नाममा झापा मोरङ र सुनसरीलाई टुक्राउन खोजे शान्तिपुर्ण आन्दोलन गर्ने बताएका छन् ।  
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री गच्चछदारले अहिलेको सात प्रदेशले सबै जनताको भावना समेट्न नसकेकोले पूर्वमा ८ औं प्रदेश बनाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।  

मधेशवादीको माग पूरा गर्न र पूर्वी क्षेत्रका जनताको भावना समेट्नका लागि पनि ८ प्रदेशमा जानुको विकल्प नरहेको उनले प्रष्ट पारे । आठौं प्रदेशको राजधानी भने भौतिक पूर्वाधारको हिसाबले विराटनगर नै उपयुक्त हुने गच्छदारको भनाई थियो । 

उनले पश्चिमको कैलाली र कञ्चनपुरलाई तल्लो तथा पाल्पा, गुल्मी र अर्घाखाँचीलाई उत्तरतर्फको प्रदेशमा मिलाउनु पर्ने पनि सुझाव दिए । मधेशवादी दलले अतिवादी सोचाई त्यागेर लचिलो भई सिमांकनको बिषय समाधानका लागि गम्भिर हुनुपर्ने बताए । 

एक प्रश्नमा उनले सरकारसंग जादुको छडी नभएकोले चमत्कारिक परिणाम खोज्न नहुँने बताए । संकट र कठिन समयमा सरकार बनेको भन्दै उनले जनताको चाहना अनुसार सरकार अघि बढिरहेको र विस्तारै सबै समस्याहरु समाधान गर्न तत्पर रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ