arrow

नुवाकोट बस दुर्घटनामा मर्नेको संख्या सात पुग्यो, चालक अझै फरार

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
nuwakot-accident.jpg

त्रिशूली । काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । 

दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । 

बसका सहचालक तादी गापा सातबिसेका २८ वर्षीय नवराज विक, ठेगाना नखुलेका ५४ वर्षीय लालबहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षीया उजेली तामाङको उपचारका क्रममा बसुन्धरास्थित ग्रीनसिटी अस्पताल र तादी गापा रालुकाकी २२ वर्षीया सविना तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । 

साँघुरो र एकतर्फी सडकमा क्षमताभन्दा बढी यात्रु बोकेको र स्टेयरिङ नमोडिएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनालगत्तै बसका चालक फरार रहेको प्रहरीले जनाएको छ । 

घाइतेको अवस्था बुझ्न डा लोहनी अस्पतालमा 

यसैबीच, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले बस दुर्घटनामा घाइते भई बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । 

घाइतेको अवस्था बुझेपछि उनीहरुको उपचारमा संवेदनशील भई लाग्न डा लोहनीले चिकित्सकलाई सुझाव दिएको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ