arrow

पुरानो अपरेटिङ्ग सिस्टम र विन्डोज ८ बन्द गर्दै माइक्रोसफ्ट

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
windows_8_1_1452672005.jpg.jpeg
प्रविधि डेस्क। माइक्रोसफ्टले विन्डोज ८ सहित इन्टरनेट एक्सप्लोर आई ई ८ को लागि  सेक्युरिटी सिस्टम दिन बन्द गर्ने घोषणा गरेको छ।  कम्पनीको नयाँ योजना अन्तर्गत विन्डोज १० अपरेटिङ्ग सिस्टम र एक्सप्लोर आई ई १० को प्रमोशनका लागि सेक्युरिटी सिस्टम बन्द गर्न लागेको कम्पनिले जनाएको छ । कम्पनी ले आफ्नो आधिकारीक वेबसाइटमा जानकारी दिदैँ  १२ जनवरी २०१६ पछि आफ्नो वर्तमान भर्जन तथा अप्रेटिङ्ग सिस्टममा मात्र काम गर्ने जनाएको हो । 
 
माइक्रोसफ्टको पुरानो ब्राउजरले  हाल सम्म काम गरिरहेता पनि कम्पनीले पुराना ब्राउजरमा सेक्युरिटी अपडेट नगर्ने जनाएको छ। जसको कारण पुरानो सिस्टममा भाईरस लाग्ने खतरा बढ्नेछ । भाईरसको समस्याबाट बच्नको लागि प्रयोगकर्ताले पुरानो सिस्टमलाई एक्सप्लोर आई ई १० मा बदल्नु पर्नेछ। आई ई १० ले विन्डोज ७, विन्डोज ८.१ र विन्डोज १० अपरेटिङ्ग सिस्टममा काम गर्नेछ।
 
 के छ कम्पनीको नयाँ योजना ?
माइक्रोसफ्टको नयाँ मार्केटिङ्ग योजना अन्तर्गत  नयाँ अपरेटिङ्ग सिस्टम बजारमा ल्याएको २ वर्ष पछि पुरानो भर्जनको अपरेटिङ्ग सिस्टमलाई हटाउने हो। यस योजना अन्तर्गत माइक्रोसफ्टले तीन बर्ष पुराना सबै अपरेटिङ्ग सिस्टममा सिक्युरिटी सिस्टम दिन बन्द गर्नेछ। उसले विन्डोज ७ को होम बेसिक अपरेटिङ्ग सिस्टम, होम प्रीमियम अपरेटिङ्ग सिस्टम र अल्टीमेटलाई अक्टूबर २०१४ मा नै निश्क्रिय गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ