arrow

कपिलवस्तुमा नालामा डुबेर दुईको मृत्यु 

logo
साबित्रा पौडेल
प्रकाशित २०७४ भदौ २५ आइतबार
yasodhara_gaupalika_map.png

कपिलवस्तु । कपिलवस्तुमा नालामा डुबेर आइतबार बिहान दुईजनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका २ भडेहर गाऊंमा ढकिया बुन्ने बस्तु काट्ने क्रममा डुबेर दुईको मृत्यु भएको हो । स्थानीय १२ बर्षिया रिमा बङ्गार र  बर्ष ३५ की ईन्द्रावती यादबको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।

१२ वर्षीया रिमालाई बचाउन जाँदा यादव समेत खोलामा डुबेको स्थानीयले देखेपछि   उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाने क्रममा उनीहरुको बाटो मै मृत्यु भएको उपरीक्षक अधिकारीले जानकारी दिए । शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पठाईएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ