arrow

२ नं प्रदेशमा काँग्रेस भारी सिट सहित विजयी हुने निश्चित भईसक्यो : निधि

logo
श्रीकान्त झा,
प्रकाशित २०७४ भदौ २५ आइतबार
nidhi_news.jpg

जनकपुर । काँग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले जनता नेपाली काँग्रेसमाथि विश्वस्त रहेकोले नेपाली काँग्रेसको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन् । असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा देखिएको जनमतले पनि काँग्रेस अग्रस्थान ल्याउने निश्चित भईसकेको उनले दावी गरे। 

आइतबार धनुषाको नगराइन स्थित आफ्नो गाउँमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता निधिले पार्टी उम्मेदवारलाई विजयी गराउन नेपाली काँग्रेसका नेता कार्यकर्ता एकजुट भएर लागि परेको समेत बताए । पछिल्ला दुई चरणको निर्वाचनको परिणामलाई दृष्टिगत गरी पार्टीका सम्पूर्ण नेता कार्यकर्ता तनमनले प्रचारप्रसारमा जुटेको उनको कथन थियो । 

संविधान निर्माणदेखि मधेश मुद्दा सम्बोधनका लागि नेपाली काँग्रेसले खेलेको महत्वपूर्ण भूमिकाको मूल्यांकन गर्दै मतदाताले स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा मतदान गर्ने निधिले बताएका छन् । ‘नेपाली काँग्रेसले मधेश मुद्दा समाधान गर्न अग्रणी भूमिका निर्वाह गरेको छ,’ उनले भने,‘संविधान संशोधनको लागि नेपाली काँग्रेसले प्रयास गरे पनि एमाले विपक्षमा जाँदा पारित हुन नसकेको हो ।’ मधेशी जनताको भावना अनुसार संविधानलाई सर्वस्वीकार्य बनाउने कार्यका लागि नेपाली काँग्रेसकै नेतृत्वमा हुने निधिले दावी गरे । 

नेपाली काँग्रेसले विकास निर्माणलाई सँधै प्राथमिकतमा राखेको बताउँदै काँग्रेसकै पहलमा तराई मधेशका विभिन्न स्थानमा सडक निर्माण कार्य हुँदै गरेको निधिले बताए । प्रदेश नम्बर दुईको स्थानीय निर्वाचनमा विकास निर्माण र मधेश मुद्दा सम्बोधन आफूहरुको प्राथमिकतमा रहेको निधिले स्पष्ट पारे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ