arrow

दीपक बोहरा राप्रपा प्रजातान्त्रिकको संसदीय दलको नेता

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
depak-bohara-,,,-mn.JPG.jpeg

काठमाडौं । दीपक बोहरा राप्रपा प्रजातान्त्रिकको संसदीय दलको नेता चयन भएका छन् । राप्रपाबाट विभाजन भई गठन भएको राप्रपा प्रजातान्त्रिकको आइतबार बसेको संसदीय दलको बैठकले बोहरालाई सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् ।

बोहरा कमल थापा नेतृत्वको राप्रपामा हुँदा संसदीय दलको उपनेता थिए । यस्तै, बैठकले विक्रम पाण्डेलाई दलको उपनेता चयन गरेको छ ।

गएको साउन २२ गते नेता पशुपति शमशेर राणाले  कमल थापा नेतृत्वको राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । राणा समूहमा १८ सांसद छन् ।

यसैबीच, राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा दीपक बोहरा, विक्रम पाण्डे र  सुनील थापालाई पठाउने निर्णय गरेको छ । तीनै नेता प्रत्यक्ष निर्वाचित सांसद हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ