arrow

राणाको राप्रपा सरकारमा सहभागी हुँदै

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
pasupati_rana.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा सहभागी हुने भएको छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा आगामी असोज २ गतेको तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रादेशिक एवं केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको अध्यक्ष पशुपतिशम्शेर राणाले जानकारी दिए ।

व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ । राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ