arrow

विराटनगर महानगरपालिकाको ३ अर्ब ३८ करोडको बजेट पारित 

यस्ता छन् महत्वपूर्ण कार्यक्रम 

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ भदौ २५ आइतबार

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ३ अर्ब ३८ करोड ८९ लाख २१ हजारको अनुमानित आयव्ययको बजेट पारित गरेको छ । पहिलो नगर परिषदवाट नगरपालिकातर्फ १ अर्व ७४ करोड ८९ लाख २१ हजार तथा मझौला शहर एकीकृत सहरी विकास सुधार परियोजना तर्फ १ अर्व ६४ करोडगरी चालु आर्थिक वर्षका लागि अनुमानित वजेट पारित गरेको हो ।

महानगरपालिकाले आईतबार पत्रकार सम्मेलनगरी महानगरपालिकाको आन्तरिक श्रोतवाट २७ करोड १४ लाख ४० हजार राजश्वबाट २ करोड २५ लाख नेपाल सरकार वित्तीय समानीकारण अनुदान ५४ करोड ६१ लाख ५१ हजार नेपाल सरकारको स–र्सत अनुदानवाट ३१ करोड ५४ लाख ४१ हजार, वैदेशिक अनुदान ३ करोड ५४ लाख ५० हजार, जनसहभागितावाट ३ करोड २० लाख ९८ हजार आयआर्जन हुने अनुमान गरेको छ ।

महानगरपालिकाका मेयर भिम पराजुलीले पारित वजेटका लागि  नगरविकास कोष ऋण सहयोग ५ करोड नगरपालिका मौजाद १७ करोड ८७ लाख आयआर्जन हुने जानकारी दिए । उनले महानगरपालिकाले नगरपािलकातर्फको  चालुखर्चकाका लागि  कूल बजेट मध्ये २० करोड ८६ लाख ९८ हजार रुपैयाँ विनियोजित भएको उल्लेख गरे । त्यस्तै, नेपाल सरकारवाट प्राप्त अनुदानवाट विषयगत कार्यालयको चालुखर्चका तर्फ २६ करोड ७१ लाख ४१ हजार विनियोजन गरेको छ । 

महानगरपालिकाले सामाजिक सुरक्षा भत्तातर्फ २० करोड, भौतिक पुर्वाधार निमार्णका लागि ९२ करोड ५१ लाख ५२ हजार, वातावरण सरसफाई तथा विपद्व्यवस्थापनका लागि ३ करोड २३ लाख, समाजिक विकास एवं लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख २९ हजार ५ सय ७० रुपैयाँ विनियोजित गरेको छ । त्यसैगरी बजेट नीति तथा कार्यक्रम अन्र्तगत विराटनगरमा संचालित संचारमाध्यमहरुलाई दिँदै आएको सेवा सुविधामा बृद्धि गरेको छ । शैक्षिक प्रगतिका लागि दुई सामुदायिक विद्यालय तथा एक मदरसालाई छनौटगरी एक करोड ५० लाख रुपैयाँ छुटयाएको छ । 

नहरलाई वाइपासको रुपमा विकासगर्न एक करोड रुपैया विनियोजित गरेको छ । छोरी वचाउ अभियान अन्र्तगत पहिलो सन्तान छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप ३ हजार रकम दिने निर्णय भएको छ । त्यस्तै  ९० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकलाई सम्मान स्वरुप एक हजार थप भत्ता प्रदानगर्ने निर्णय गरेको छ । यसैगरी महानगरापकिालकाले भौतिक उपकरण खरिदका लागी दुई करोड रुपैया छुटयाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ