arrow

घाइते बोकेर ल्याएको एम्वुलेन्स नै दुर्घटना, घाइतेको मृत्यु

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार

रौतहट। सर्लाहीको हरिवनबाट दुर्घटनामा घाइते भएकी एक महिलालाई लिएर आएको एम्वुलेन्स नै दुर्घटनमा पर्दा ति घाइते महिला पार्वती भुजेलको मृत्यु भएको छ। 

हरिवनमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी महिला भुजेललाई उपचारका लागि ल्याएको एम्वुलेन्स रौतहटको जुडिवेलामा दुर्घटनामा परेको हो। दोस्रोपटकको दुर्घटनामा पहिलोपटक दुर्घटनामा परेकी ६६ बर्षिय पार्वती भुजेल वाच्न सकिन्न। उनको घटनास्थलमै निधन भएको हो। 

दुर्घटनामा परि ३ जना घाइते भएका छन्। सडकमा रोकिराखेको ना१ क ६९०१ नम्वरको ट्रकसँग ठोकिदा एम्वुलेन्स दुर्घटनमा परेको हो।

दुर्घटनामा ३ घाइते मध्ये चालक हरिवन ८ का प्रेम कुमार कार्कीको गम्भिर अवस्थामा चन्द्रपुरको स्थानिय अस्पतालमा उपचार भइहरकेो छ। दुर्घटनमा पार्वतीकी परिवारिक सदस्य तुलसा भुजेल र सुभद्रा श्रेष्ठ घाइते भएका छन्। उनीहरुको पनि उपचार भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ