arrow

यू–१९ एसिया कपः नेपाल र थाइल्याण्ड मैदानमा, नेपाल ब्याटिङमा

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
acc.jpg

मलेसिया । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । 

अमान क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।  

नेपालले राम्रो सुरुआत गरेको छ । नेपालले १७ ओभर खेल्दा १ विकेटको नोक्सानीमा ८९ रन जोडेको छ । अनिल कुमार साह ३६ तथा सन्दिप सुनार २४ रन बनाएर खेलिरहेका छन् ।

ओपनर आशिफ शेर्ख २१ रनमा आउट भए । 

छनोटको समूह ए मा रहेको नेपालले  दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । 

समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् ।

  छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

सोमबारै भुटान र सिंगापुर भिडिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ