arrow

पोखराको सस्तो बजारमा शंकास्पद वस्तु फेला 

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
kaski.JPG

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ । 

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जमिनमा एक व्यवसायीले ठेक्कामा लिएर सटर निर्माण शुरु गरेका र त्यस ठाउँमा एका बिहानै झोलामा पोको पारेर राखिएको शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । 

उनका अनुसार शंकास्पद वस्तुलाई निष्कृय बनाउन नेपाली सेनाको एक टोली त्यस ठाउँमा पुगेर अनुसन्धान गरिरहेको छ । 

एक महिनाअघि त्यस ठाउँमा रहेका २१७ जना व्यापारीलाई हटाएर खाली गरी अहिले ठेक्कामा लिएका ठेकेदार धमाधम नयाँ सटर बनाउँदै गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ