arrow

यू–१९ एसिया कप क्रिकेटः नेपालले २०० रन पनि पूरा गर्यो, अनिलको ९१  

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
acc.jpg

मलेसिया । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । 

अमान क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।  

नेपालले ३८ औं ओभरमै २०० रन बनाएको छ । नेपालले ४ विकेट गुमाएको छ ।

अनिल कुमार साहले शानदार ब्याटिंग गर्दै ७४ बलमा ९१ रन बनाएका छन् । उनले५ छक्का र ६ चौका हिर्काएका थिए । 

त्यस्तै सन्दिप सुनार ३२, दिपेन्द्र सिंह ऐरी २२ तथा आशिफ शेख २१ रनमा आउट भए । 

छनोटको समूह ए मा रहेको नेपालले  दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । 

समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् ।

  छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

सोमबारै भुटान र सिंगापुर भिडिरहेका छन् । भुटानले कमजोर ब्याटिंग गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ