arrow

यू–१९ एसिया कप क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो २८२ रनको चुनौती  

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
acc.jpg

मलेसिया । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । 

नेपालले जितका लागि थाइल्याण्डलाई २८२ रनको चुनौती दिएको छ ।

अमान क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ७ विकेटको नोक्सानीमा २८१ रन बनाएको छ । 

अनिलकुमार साहले शानदार ब्याटिंग गर्दै ७४ बलमा ९१ रन बनाएका छन् । उनले५ छक्का र ६ चौका हिर्काएका थिए । 

प्रनित थापा मगरले ५० रन बनाए । त्यस्तै सन्दिप सुनार ३२, रोहित कुमार पौडेल २८, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २२–२२ र आशिफ शेख २१ रनमा आउट भए । 

छनोटको समूह ए मा रहेको नेपालले  दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । 

समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् ।

  छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

सोमबारै भुटान र सिंगापुर भिडिरहेका छन् । भुटानले कमजोर ब्याटिंग गरेको छ । 

भुटान ४४.३ ओभरमा ११२ रनमा अलआउट भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ