arrow

अबरुद्ध जलविद्युत परियोजना सूचारु

logo
कौरव खत्री,
प्रकाशित २०७४ भदौ २६ सोमबार
Chameliya-Hydroelectric-Project.jpeg

गुल्मी । गुल्मीको परोपकार सहकारी जलविद्युत परियोजनाको जलविद्युत सेवा सुचारु भएको छ । मुसिकोट नगरपालिका ७ मा रहेको परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.द्धारा सञ्चालित परियोजना सोही वडाकै बसेरीमा पहिरोले विद्युत पोल भाचिए र अवरुद्ध भएको विद्युत नियमित सेवा सूचारु नहुदै करिव ३० मिटर नहर विद्युत भत्केपछि झण्डै १ महिना देखि अबरुद्ध विद्युत नहर निर्माण र मर्मत संम्भार गरेपछि विद्युत सेवा सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिए ।

साथै १ सय,३५ किलोवाट क्षमता भएको विद्युत परियोजना लामो समयपछि विद्युत सेवा सूचारु भएसँगै नगरपालिकाको वडा नं. १,२, र ८ र गरि ३ वटा वडाका झण्डै १२ सय घरधुरीका उपभोक्क्ताहरु विजुली बाल्न पाउदा खुसी भएका छन् ।

विद्युत सेवा सञ्चालन भएपछि विजुली बत्ति,उद्योग धन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चार टेलिफोन  लगायतका विद्युतीय यन्त्रहरुबाट सञ्चालित  सबै यन्त्र सञ्चालनमा आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ