arrow

जवर्जस्ती करणी अभियोगमा ७६ वर्षीय बृद्ध थुनामा   

logo
कविता उपाध्याय,
प्रकाशित २०७४ भदौ २६ सोमबार
choree-balatkar.jpeg.jpeg

लिबाङ (रोल्पा) । मानसिक अवस्था कमजोर भएकी पश्चिम रोल्पाकी ३२ वर्षीया दिलसरी (नाम परिवर्तन) लाई जवर्जस्ती करणी गरेको आरोपमा एक बृद्धलार्इ रोल्पा प्रहरीले पक्राउ गरेको छ । पश्चिम रोल्पाका ७६ वर्षिय बृद्ध असारे (नाम परिवर्तन) ले जवर्जस्ती करणी गरेको अभियोगमा थुनामा राखिएको जिल्ला अदालत रोल्पाका निमित्त श्रेष्तेदार भीमराज ढकालले जानकारी दिए। उनका अनुसार अभियुक्तलाई हाल पुर्पक्षका लागि थुनामा राखिएको हो । 

पीडित पक्षका अनुसार २०७४ साउन २६ गते दिलसरीका बुवा दिलमन (नाम परिवर्तन)  र अभियुक्त असारे संगसंगै बृद्धभत्ता लिएर फर्किएका थिए । फर्कने क्रममा बाटोमै रातपरेपछि दिलमनले असारेलाई रातपरेका कारण आफ्नै घरमा बस्न अनुरोध गरे । असारेले पनि दिलमनको कुरा सहर्ष स्वीकारेर त्यस रात दिलमनकै घरमा बस्ने निधो गरे । 

साँझमा आएका पाहुना असारेलाई कोठामा छोडेर दिलमन भैसी दुहुन गोठमा गएको अवसर पारी असारेले दिलमनकी छोरी दिलसरीलाई आफू बसेको कोठामा बोलाए । मानसिक अवस्था कमजोर भएकी दिलसरी बृद्ध असारे बसेको कोठामा गइन् । त्यही मौकामा बृद्ध असारेले दिलसरीलाई जवर्जस्ती करणी गरेपछि दिलसरी रोइन् कराईन् तर बृद्धले उनलाई छोडेनन् । घरपरिवारका अन्य सदस्यहरु छोरी रोइकराई गरेको सुनी कोठामा पुग्दा बृद्ध असारेले जवर्जस्ती करणी गरिरहेका थिए । त्यस्तो अवस्थामा देखि परिवारले हार गुहार गर्दा अभियुक्त असारे त्यहाँबाट फरार भएको पीडितको जाहेरीमा उल्लेख छ । 

त्यसपछि पीडितको परिवारले घर्तीगाउँ प्रहरीमा उजुरी गरेको थियो । प्रकृया अघि बढ्ने क्रममा यही २०७४ भदौ १६ गते सरकारी वकिलको कार्यालय रोल्पाले अभियुक्त सहित अभियोग पत्र जिल्ला अदालत रोल्पामा बुझाएको थियो । विचमा सार्वजनिक बिदा परेको हुँदा अभियुक्तलाई प्रहरीमा फिर्ता पठाइएको थियो । तर सम्पूर्ण मिसिल कागजातका आधारमा २०७४ भदौ १९ गते अभियुक्तलाई जिल्ला अदालत रोल्पाको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राखिएको निमित्त श्रेष्तेदार ढकालको भनाइ छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ