arrow

आयोगले भन्यो : 'मन्त्रीमण्डल विस्तार गरी सरकारले आचारसंहिता लत्यायो'

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । निर्वाचन आयोगले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ । सोमबार आयोगद्वारा जारी विज्ञप्तीमा निर्वाचन आचारसंहिता लागू भएको समयमा सरकारले नेपाल सरकारबाट कुनै सुविधा हुने कुनै पदमा नयाँ भर्ना समेत निकाल्न नमिल्ने अवस्थामा ३ मन्त्री र १ राज्यमन्त्रीको सपथ ग्रहण गराई सरकारले आचारसंहिता उल्लंघनक गरेको निर्वाचन आयोगले ठहर गरेको छ ।

आयोगले यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । आयोगले यस सम्बन्धमा सरकारलाई ७ बुँदे निर्देशन दिएको भएपनि सरकारले सो निर्देशनको समेत उल्लंघन गरेको आरोप आयोगको छ । सो सात बुँदे निर्देशनको पहिलो बुँदामा नै नेपाल सरकारको स्वामित्वमा रहेको वा सरकारी कोष तथा सरकार सञ्चितकोषबाट खर्च हुने वा बजेट प्राप्त हुने सुविधा वा पदमा कुनै राजनीतिक नियुक्ति नगर्ने उल्लेख गरिएको छ ।

तर, सरकारले सो निर्देशन लत्याउँदै सोमबार मन्त्रीमण्डल विस्तार गरेको थियो । यही विषयमा विरोध गर्दे आयोगले विज्ञप्ती निकालेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ