arrow

बिहान सबेरै बस दुर्घटनाः ३१ जना घाइते, चार गम्भीर

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
accident-final.jpeg

मलेखु । काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस मंगलबार बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । 

विशालटारको मोडमा लु २ ख ६६३० नंको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । 

चवालीसजना यात्रु लिएर हिँडेको बस तीव्रगतिका कारण मोडबाट तल खसेको थियो । 

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ । 

बाँकीको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

 १३ जना यात्रु भने सकुशल छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ