arrow

फोरम अफ नेप्लिज इन अमेरिकाद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई साढे तीन लाख प्रदान

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
sahayog_dhurmus.jpg

काठमाडौं । अमेरिकामा रहेका प्रवासी नेपालीहरुको संस्था फोरम अफ नेप्लिज इन अमेरिका (फोना)ले धुर्सुस–सन्तली फाउण्डेसनलाई ३ लाख ६८ हजार १०६ रुपैयाँ प्रदान गरेको छ । तराईका बाढी र डुबानबाट पीडितहरुको सहयोगार्थ सोमबार फोनाका सचिव प्रकाश पाण्डेय र साधारण सदस्य शशी राईले धुर्मुस–सुन्तली फाउण्डेसनको केन्द्रीय कार्यालय पुगेर रकम हस्तान्तरण गरेका हुन् ।  

फोनाको पहलमा अमेरिकास्थित केन्टकी राज्यको लेक्जिन्टनमा बसोबास गर्ने नेपालीहरुले स्वेच्छिक रुपमा बाढीपीडितका लागि संकलन गरेको रकम फाउण्डेसनलाई बुझाइएको सचिव पाण्डेयले जानकारी दिए । ‘परदेशमा दुःख गरेर कमाएको पैसा फाउण्डेसनमार्फत बाढीपीडितलाई सहयोग गरेका छौं,’ उनले भने, ‘यसको सहि सदुपयोग भई पीडितसम्म पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’

फोरम अफ नेप्लिज इन अमेरिकासँग ४ सय नेपाली आबद्ध छन् । संस्थाले यसअघि विनाशकारी भूकम्पको बेला पनि रकम संकलन गरी गोरखा र काभ्रेमा घर निर्माणको लागि सहयोग गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ