arrow

बबि देवलको करियरमाथि गरिएको प्रश्नमा रोए सनी देवल

देवल परिवारको आफ्नै 'प्रोडक्सन हाउस' छ जसमा बाबु, छोरा र नातीले काम गर्नेछन्

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
Dharmendra_2.jpg

एजेन्सी । गत शुक्रबार सनी देवलको चलचित्र 'पोस्टर ब्वाइज' रिलीज भएको छ । चलचित्रमा उनि लगायत बबि देवल र श्रेयस तलपडे मुख्य भुमिकामा रहेका  छन् । चलचित्रको चौतर्फि चर्चा छ । चलचित्र मार्फत बबि चार बर्ष पछि  ठुलो पर्दामा देखिए । उनले एक अन्तर्वार्तामा  पछिल्लो १० बर्षदेखि चलचित्रको खोजिमा रहेको तर निर्माताले उनलाई लिन नचाहेको बताएका थिए । सोहि कारण उनि डिप्रेशनको शिकार पनि भएका थिए ।   हालै अन्तर्वार्तामामा बबिसँग जोटिएको यो प्रश्न सुनेर सनी भावुक हुदै रोए।

सनी देवलले अन्तर्वार्ताको क्रममा परिवार र करियरका बिषयमा खुलासा गरेका छन् । १० बर्षदेखि बबिले चलचित्र नपाएकोमाथि  सनीले भने 'हाम्रो परिवार निकै बलियो छ हामि सबै एक साथ छौँ ।  जब कसैलाई समस्या हुन्छ तब नरमाइलो लाग्छ ।' बबिले सन् २०१३ मा रिलिज भएको चलचित्र  'सिंह साहब द ग्रेट' मा अभिनय गरेका थिए । तर यसमा पनि उनको खास भुमिका थिएन ।

सनीले ठुलो बजेटको कयौ  चलिचित्रमा अभिनय गरे तर ती चलचित्रमा प्राय सामान्य अभिनेत्रीलाई साइन गराइन्थ्यो ।  उनि भन्छन् -   'यदि तपाई मेरो करियरलाई हेर्ने हो भने मैले धेरै नाम चलेका अभिनेत्रीसँग काम गरिन । मैले चलचित्र 'घायल' को लागि श्रीदेवीलाई प्रस्ताव गरेको थिए तर उनले प्रस्ताव स्विकार गरिनन् । अर्को एक  चलित्रको लागि ऐश्वर्या रायलाई प्रस्ताव गरियो तर उनले पनि अस्विकार गरिन् । मैले कयौ ठुला कलाकारलाई पनि प्रस्ताव गरे तर कसैले पनि मलाई साथ दिएनन् । उनिहरुलाई लाग्न सक्छ  कि चलचित्र पुरुष केन्द्रित हुनेछ '।

दुई राष्ट्रिय र दुई फिल्मफेयर अवर्ड जीतेका सनी  आफै चलचित्र निर्माणमा लागेका छन् । बबि भने बलिउडबाट गायबनै भएका थिए ।  बबि चार बर्ष पहिले होम प्रोडक्शनको चलचित्र 'यमला पगला दिवाना २' मा देखिएका थिए ।

पिछिल्लो समय सनी देवलको चलचित्र आफ्नै प्रोडक्शन हाउसबाट निर्माण भएका छन् ।  सनी देवल आफ्नो छोरा  करण देवलको करियरलाई लिएर पनि चिन्तित छन् । उनि करणको राम्रो करियर बनोस भन्ने  चाहन्छन्  । पहिले उनले छोरालाई यशराज ब्यानरबाट डेब्यु गर्ने  सोचे पनि  अब उनि आफ्नै प्रोडक्शन हाउसबाट छोरालाई डेब्यु गराउन चाहान्छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ