arrow

फेसबुकले प्रहरीलाई नै फसायो, हिरासतमा रहेका गंगटेको अस्पतालमा ज्यान गएको दाबी

logo
शरद रेग्मी,
प्रकाशित २०७४ भदौ २७ मंगलबार
tulsipur_police1.jpg

दाङ । वडा प्रहरी कार्यालय लमहीको हिरासत भित्र मृत्यु भएका भनिएका ब्यक्तिको सम्वन्धमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार संघीय प्रहरी ईकाई कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले गंगटे भन्ने ब्यक्तिको मृत्यु राप्ति उपक्षेत्रीय अस्पताल घोराहीमा भएको बताएको छ । 

उपचारका लागि लमहीका दुई वटा अस्पतालमा लगिएको र अस्पतालले घोराही रिफर गरे पछि घोराहि ल्याउँदा अस्पतालमा डाक्टरले मृत घोषित गरेको खुल्न आएको बताए । अनुसन्धानमा खटिएका ईकाइ प्रहरी प्रमुख दिलिप चौधरीले घटनाका बारेमा लमहीमा पुगी अनुसन्धान गरेको र त्यहाँ रहेका थुनुवाहरु तथा डिउटीमा रहेका प्रहरी लगाएत सवैसँग सोधपुछ एवं वयान गर्दा गंगटेलाई प्रहरीले १२ गते घोराहीमा पक्राउ गरी १३ गते ईप्रका लमहीमा लगिएको र सोही दिन साँझ मेडिकल गरी हिरासतमा राखिएको बताईएको छ । रातिको समयमा हिरासतमा रातभर होहल्ला गरेको तथा मादक पदार्थ माग्ने, टाउको भित्तामा ठोक्ने लगाएतका कार्य गरेको तथा १४ गते बिहान पख बेहोस भई भुईमा लडे पछि अर्का थुनुवाले खवर गरेका थिए । पछि प्रहरी पुग्दा बेहोस देखेको र प्रहरीकै गाडीमा अस्पताल पु¥याएको उनीसँगै थुनामा रहेका अन्य थुनुवाहरुले बताएको चौधरीले पत्रकार सम्मेलनमा बताए । 

लमहीका २ वटा अस्पतलमा उपचार नभए पछि एम्वुलेन्स मार्फत गंगटेलाई घोराही अस्पतालमा ल्याईएको प्रहरीले बताएको छ । आफूहरुले समेत घटनालाई चासोका साथ हेरेको हँुदा सुक्ष्म रुपमा अध्यण गरेको हुदा घटना विवरण अनुसार गंगटेको प्रहरिको कुटाई वा लार्पवाहिले नभई अचानक मृत्यु भएको देखिएको चौधरीले बताए । घटनाको अनुसन्धानका क्रममा घटना स्वाभाविक भएको तर जिल्ला प्रहरी कार्यालयले आफनो आधिकारिक फेसवुक पेजमा सार्वजनिक गर्दा गैर जिम्मेवारी गरेको पत्रकार सम्मेलनमा एसएसपि चौधरीले बताए।
 
फेसवुकमा घटना सार्वजनिक गर्दा मिति फरक पर्न गएको र वेवारिसे अवस्थामा शव फेला भन्ने गैर जिम्मेवारी सुचना प्रवाह गरेको हुँदा बाहिर घटना रहस्यमय जस्तो देखिन गएको चौधरीले बताए । चौधरीले आफ्नो प्रतिवेदनमा उक्त सुचना प्रवाहमा गैर कम्जोरी गर्ने प्रहरीलाई कार्वाहि गर्नु पर्ने उल्लेख गरिएको छ । 

सो अवसरमा बोल्दै एआईजी मिङमार लामाले घटना स्वाभाविक भएको भन्दै कुनै ब्यक्तिको काललाई प्रहरीले रोक्न नसक्ने तर जनतालाई सही सूचना दिनु प्रहरीको काम भएको स्पष्ट पारे । उनले गलत सुचन दिने जिल्ला प्रहरी कार्यालयका एसपि, सूचना फाँटका प्रहरी निरीक्षक र हिरासत हेर्ने गार्ड तीनै जनालाई विभागीय कारवाही हुने बताए । उनले भने, प्रहरीको काम जनतालाई भ्रमित पार्ने नभई सही र सत्य सूचना दिनु भएको भन्दै यो घटनामा प्रहरीको कमजोरी रहेको स्वीकार गरे। सो घटनाका सम्वन्धमा एआईजी लामाले एसएसपी चौधरीलाई घटनाको बारेमा सत्य तथ्य पत्ता लगाई प्रतिवेदन वुझाउन जिम्मेवारी दिएका थिए । 

प्रहरीले अस्पतालमा मृत्यु भएका ब्यक्तिको शव चौपट्टामा ब्यवारिसे अवस्थामा भेटिएको भन्दै फेसवुक मार्फत सार्वजनिक गरेको थियो । तर, तीनै व्यवारिसे भनिएका ब्यक्तिलाई नियन्त्रणमा लिएर मेडिकल जाँचको लागि लमही अस्पतालमा प्रहरीले आफैँ लगेको फोटो सार्वजनिक भएपछि प्रहरीले घटना लुकाउन खोजेको हो कि भन्ने आशंका उव्जिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ