arrow

तराईमा प्रचण्डको प्रतिवद्धता – मधेसीको हक अधिकारका लागि माओवादी प्रतिबद्ध

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
prachanda-g-new.jpeg

सप्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी परिर्वतनको संवाहक रहेकाले प्रदेश नं २ मा आफ्नो पार्टीलाई विजय गराउन आग्रह गरेका छन् ।  

उनले मंगलबार सप्तरीको राजविराजमा पार्टीका कार्यकर्ता तथा प्रदेश नं २ अन्र्तगत सप्तरीका स्थानीय तहका उम्मेदवारसँगको भेटमा मधेसीको हकहित र अधिकारको लागि आफ्नो पार्टी सदैव लड्ने र लागि पर्ने भएकाले मधेसी जनताले आफ्नो पार्टीलाई बिर्सन नहुने बताए । 

उनले मधेसको पक्षमा वकालत गर्ने ठूला पार्टीहरु नै मधेसको विरोधी रहेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्ताहरु मधेसका जनताबीच पार्टीको एजेन्डा लिएर जानुपर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ