arrow

बैंकहरुमा पैसा थुप्रियो, ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
bank.gif

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ ।

हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ । तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए ।

‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ,’ थापाले भने, ‘निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको छ भने कर्जा प्रवाह १८÷१९ प्रतिशतमा खुम्चिएको छ ।’ 

पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो । पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ ।

साउनदेखि बैंकमा तरलताको अवस्था सुधार हुँदै आए पनि बैंकले लगानी बढाउन नसकेका कारण अधिक तरलताको अवस्था आएको हो । गत साल असोज अन्तिम साताबाट तरलता अभाव सुरु भएको थियो ।

राष्ट्र बैंकका अनुसार एक महिनायता बजारमा बढी भएको करिब ५२ अर्ब तरलता राष्ट्र बैंकले खिचिसकेको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ