arrow

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट, नेपाल भुटान मैदानमा

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
nepal-bhutan].jpg

मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले भुटानसंग खेलिरहेको छ ।

खेलमा टस जितेर भुटानले ब्याटिङ गरिरहेको छ । कमजोर आँकिएको भुटानले तेस्रो ओभरमै विकेट गुमाएको छ । 

नन्दन यादवलाई पहिलो सफलता मिलेको हो । 

भुटान रन बटुल्न संघर्ष गर्दैछ । 

यसअघि भएको पहिलो खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको थियो । सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो ।

यसअघि टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो । 

अनिलकुमार साहले सर्वाधिक ९१ तथा प्रनित थापा मगरले ५० रन बनाएका थिए । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले बिहीबार सिंगापुरसंग खेल्नेछ । 

समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् । 

फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ