arrow

च्याम्पियन्स लिगमा बार्सिलोना, चेल्सी र म्यानचेस्टर युनाइटेडको शानदार सुरुआत

मेस्सी चम्के, नेइमार गोल गरेर पनि आलोचित भए

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
barcelona-messi.jpg

क्याप नोउ । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लव बार्सिलोनाले शानदार सुरुआत गरेको छ । इटालियन क्लव युभेन्टसलाई ३–० ले हराउँदै बार्सिलोनाले उत्कृष्ट सुरुआत गरेको हो ।

मंगलबार राति आफ्नै मैदान नोउ क्याम्पमा भएको समुह डी को खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले २ तथा इभाँ राकिटिचले १ गोल गरे ।

मेस्सी पछिल्लो समय हरेक खेलमा गोल गर्ने खेलाडी बन्दै आएका छन् । घरेलु प्रतिद्धन्द्धी क्लव रियाल मड्रिड तथा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोबाट युरोपियन वर्ष खेलाडी छिनिएपछि मेसी आक्रामक खेल्न थालेका हुन् । 

समुह डीकै खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले ग्रिसको ओलम्पियाकोसलाई ३–२ ले हरायो ।

इंगलिस क्लवहरु म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि विजयी सुरुआत गरेका छन् । 

समुह ए को खेलमा म्यानचेस्टर युनाइटेडले स्वीस क्लव एफसी बाजललाई ३–० ले हरायो ।

मराउने फेलियानी, रोमेलु लुकाकु र मार्कस रास्फोर्डले म्यानचेस्टरका लागि १–१ गोल गरे ।

यही समुहको अर्को खेलमा रसियन क्लव सिएसकेए मस्कोलाई पोर्चुगिच क्लव बेनिफिकाले २–१ ले हरायो ।

समुह बी को खेलमा जर्मन क्लब बार्यन म्युनिखले बेल्जियन क्लव एन्डरलेचलाई ३–० ले हराउँदा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनले स्कटिस क्लव सेल्टिकलाई ५–० ले हरायो ।

पिएसजीका लागि ब्राजिलियन खेलाडी नेइमारले गोल गरे । तर उनले पहेंलो कार्ड पनि खाए । उनले सेल्टिकका राल्सटनसंग हात मिलाउन र सर्ट साट्न भने मानेनन् र आलोचित बने ।

समुह सी को खेलमा इंगलिस क्लव चेल्सीले काजखस्तानको एफके कारावागलाई ६–० ले हरायो ।

चेल्सीलाई घरेलु मैदान स्टामफोर्ड ब्रिजमा विजयी बनाउन पेड्रोरोड्रिग्वेज, डेभिज जापाकोष्टा, सेसार, टिमोयु र मिचिले गोल गरे । एक गोल आत्मघाती भएको थियो ।

यही समुहको अर्को खेलमा ईटालियन क्लव एएस रोमाले स्पेनिस क्लव एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा अड्किनु पर्यो ।

Lionel Messi points to the heavens after giving Barcelona the lead against Juventus in their Champions League opener

 

Ivan Rakitic got the Barcelona second when he pounced on a loose ball in the Juventus box just before the hour mark 

Juventus creative forces, Miralem Pjanic and Paulo Dybala, cannot hide their disappointment as Barcelona's dominance toldLionel Messi runs at Juevntus midfielder Douglas Costa during the opening stage of their Champions League clash

Celtic's Anthony Ralston laughs in the face of Neymar during Paris Saint-Germain's 5-0 win

Ralston went in strongly on Neymar a couple of times before the incident on Tuesday night

Neymar then refused at full-time to swap shirts and shake hands with the Celtic defender

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ