arrow

(अपडेट) एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटः नेपाललाई ५१ रनको चुनौति, भुटान ५० रनमै खुम्चियो  

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
nepal-bhutan].jpg

मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले भुटानसंग खेलिरहेको छ । जितका लागि नेपालले जम्मा ५१ रनको न्युन लक्ष्य पाएको छ । 

खेलमा टस जितेर भुटानले ब्याटिङ गरेको थियो । भुटानले २८ ओभर क्रिजमा टिकेर मात्र ५० रन बनायो । 

२ भुटानीले मात्र दोहोरो अंक जोडे । कप्तान टोसी फुन्टुसोले १६ तथा युगेन दोर्जीले १३ रन बनाए । 

कप्तान दिपेन्द्र सिंह ऐरीले कप्तानी इनिंग खेल्ने क्रममा ८ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । 

पहिलो खेलमा थाइल्याण्ड विरुद्ध ७ विकेट लिएका सन्दिप लामिछानेले ७ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । 

पहिलो विकेट नन्दन यादवले लिएका थिए । 

यसअघि भएको पहिलो खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको थियो । सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो ।

यसअघि टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो । 

अनिलकुमार साहले सर्वाधिक ९१ तथा प्रनित थापा मगरले ५० रन बनाएका थिए । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले बिहीबार सिंगापुरसंग खेल्नेछ । 

समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् । 

फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छ । 

बुधबारको अर्को खेलमा म्यानमारले चीनलाई १० विकेटले हरायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ