arrow

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटः नेपाल एक खेलअघि नै सेमिफाइनलमा, भुटानमाथि ९ विकेटको जित

दिपेन्द्रलाई ५ र सन्दिपलाई ४ विकेट  

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
sandeep-dipendra.jpg

मलेसिया । नेपाल मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुहको एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा पुगेको छ ।

लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले कमजोर भुटानलाई १० विकेटले हरायो । 

५१ रनको झिनो लक्ष्य नेपालले ८.३ ओभरमै १ विकेटको नोक्सानीमा जित हात पार्यो ।

सन्दिप सुनार २१ रनमा आउट भए । मोहम्मद आसिफ शेखले नटआउट २३ तथा अनिल कुमार साहले नटआउट ४ रन बनाए ।

यसअघि खेलमा टस जितेर भुटानले ब्याटिङ गरेको थियो । भुटानले २८ ओभर क्रिजमा टिकेर मात्र ५० रन बनायो । 

२ भुटानीले मात्र दोहोरो अंक जोडे । कप्तान टोसी फुन्टुसोले १६ तथा युगेन दोर्जीले १३ रन बनाए । 

कप्तान दिपेन्द्र सिंह ऐरीले कप्तानी इनिंग खेल्ने क्रममा ८ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । 

पहिलो खेलमा थाइल्याण्ड विरुद्ध ७ विकेट लिएका सन्दिप लामिछानेले भुटान विरुद्धको खेलमा ७ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । 

पहिलो विकेट नन्दन यादवले लिएका थिए । 

यसपटक नेपालको बलिङसंगै ब्याटिङ पनि चलेको छ । 

यसअघि भएको पहिलो खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको थियो । सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटिएको थियो । नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो । 

अनिलकुमार साहले सर्वाधिक ९१ तथा प्रनित थापा मगरले ५० रन बनाएका थिए । 

प्रतियोगिताको समुह ‘ए’ मा रहेको नेपालले अन्तिम खेलमा बिहीबार सिंगापुरसंग खेल्नेछ । 

समुह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् । 

फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छ । 

बुधबारको अर्को खेलमा म्यानमारले चीनलाई १० विकेटले हरायो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ