arrow

तमोर लिफ्ट खानेपानी आयोजनाको काम रोकियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ २८ बुधबार
loripa_doban.jpg

पाँचथर । देशकै नमुना खानेपानी आयोजनाको रुपमा सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजनाको मुहान बिबादले आयोजनाको काम प्रभावित बनेको छ ।  सरकारले सुख्खाग्रश्त क्षेत्र घोषणा गरेको दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिका स्थित यासोक, रानीगाउँ र स्याबरुम्बा क्षेत्रमा खानेपानीको सहज व्यवस्थापन गर्न   ‘तमोर लिफ्ट’ सुरु गरिएको थियो ।
 
१६ पुष २०७२ देखि आयोजनाको मूख्य पाइपलाइनको काम सुरु भएको थियो । त्यतिबेला प्राविधिक र आर्थिक दुबै रुपले ठिक रहेको भन्दै तमोर नदी स्थित लोरिपा दोभानबाट पानी लिफ्ट गरेर ल्याउने स्टेमिट सहित काम सुरु भएको थियो । तर आयोजनाको ठेक्का पाएको कम्पनि प्रेरा स्वामी नारायण जेभीले काम सुरु गरेपछि लोरिपा दोभान मुहानका लागि अनुपयुक्त हुने देखिएपछि तीन किलोमिटर तल लुमुघाटमा मूल सार्ने प्रस्ताव पछि बिबाद चुलिएको हो ।
 
अहिले आयोजनाको मूलको सम्पूर्ण काम स्थगित गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख सुरतलाल चौधरीले मुहानको विषयमा बिबाद कायम रहेकाले तत्काललाई निर्माण कम्पनिलाई मुहानको काम नगर्न भनेको बताउनुभयो ।
 
तमोर लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष नर बहादुर खड्का सहितको एक समूह पुरानै स्टेमिट अनुसार लोरिपा दोभान नै मुहान बनाइनुपर्ने पक्षमा हनुहुन्छ । समितिका सचिव तथा कुम्मायक गाउँपालिका अध्यक्ष समेत रहेका देवेन्द्र कुमार लाओतीले भने सुरुको प्राविधिक स्टेमिटमा मोटरबाटो छुटेको र लोरिपा दोभानसम्म पुग्ने मोटरबाटो निर्माण गर्दा अत्यन्तै धेरै खर्च हुने प्राविधिकको भनाई अनुसार वैकल्पिक मुहानको रुपमा लुमुघाट प्रस्ताव गरिएको बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ