- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । बुद्धभूमी नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न सम्पन्न भएको छ । सभाले आर्थीक बर्ष २०७४/७५ को लागी ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैया बराबरको अनुमानित आय पारित गरेको छ । सो मध्ये पुजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैया विनियोजन गरेको छ भने चालु तर्फ १५ करोड ४१ लाख ८५ हजार वरावरको रकम विनियोजन गरेको छ ।
नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उक्त बजेट नगर सभामा प्रस्तुत तथा पारित गरेका हुन । साथै नगरपालिकामा नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शि एवं सेवाग्राही मैत्री तुल्याउने ब्यवस्थापकिय क्षमता अभिबृद्धिमा जोड दिने , संस्थागत क्षमता विकास खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्ने जस्ता निती तथा कार्यक्रम समेत नगरपालिकाले पारित गरेको श्रेष्ठले बताए ।
लक्षित वर्ग , महिला तथा पछाडी परेकालाई समाहितमा ल्याउने तथा शिक्षा, स्वास्थ्य , कृषि ,सडक वन वातावरण जस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रम समेत नगरपालिकाले पारित गरेको छ । नगर विकासको लागी अन्य गैरसरकारी तथा निजि क्षेत्र संग सहकार्य गर्ने र आम जनताको विकास तथा आय स्तरमा सुधार ल्याउने कार्यक्रमलाई निरन्तरता दिने जस्ता निति तथा कार्यक्रम बनाइएको समेत नगर प्रमुख श्रेष्ठले सभामा जानकारी गराए ।
नगर प्रमुख केशव कुमार श्रेष्ठ अध्यक्षता लेखा अधिकृत रामचन्द्र मरासिनी र नगर उप प्रमुख मिरा थारु को स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठन देखी हाल सम्म गरेका कार्य तथा आय व्यायको बारेमा कार्यकारी अधिकृत प्रविण पौडेलले प्रगती प्रतिवेदन पेश गरेका थिए ।