arrow

दुई नम्बर प्रदेशमा नेपाली काँग्रेसको झण्डा फहराऔँ : निधि 

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
bimalendra-nidhi.png

जनकपुरधाम । पूर्व उपप्रधान तथा गृहमन्त्री एवम नेपाली काँग्रेसका नेता मुलुकमा विकासको लहर ल्याउन दुई नम्बर प्रदेशमा नेपाली काँग्रेको झण्डा फहराउन आग्रह गरेका छन् । नेपाली काँग्रेस मुलुकको विकासप्रति प्रतिवद्ध पार्टी रहेको भन्दै असोज दुई गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन निधिले मतदाताहरुसँग अपिल गरेका छन् । 

नेपाली काँग्रेस धनुषाले बुधबार जनकपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै नेता निधिले नेपाली काँग्रेसकै पहलमा विकास निर्माणका पूर्वाधारहरु अगाडि बढेको बताउँदै नेपाली काँग्रेस निर्वाचित भए धनुषा तथा प्रदेश नम्बर दुईको विकास निश्चित रहेको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा धनुषाको सीमावर्ती क्षेत्र पिपरौनमा भन्सार कार्यालय सञ्चालन गर्ने प्रस्ताव अगाडि बढी सकेको समेत उनले जानकारी दिए । प्रदेश नम्बर दुईका साथै मुलुकको राजनीतिक निकास तथा विकासको एजेन्डा अगाडी बढाउन नेपाली काँग्रेसको नेतृत्वलाई निर्वाचित गराउन उनले आग्रह गरेका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पार्टी नेता कार्यकर्ताहरुलाई समेत एकजुट भएर काँग्रेसका उम्मेदवार लाई निर्वाचित गराउन उनले आग्रह गरेका छन् । चुनाव भन्दा बाहिर रहेको आन्दोलनकारी शक्तिहरुलाई चुनावमा ल्याउन नेपाली काँग्रेस सफल भएको भन्दै नेपाली काँग्रेसले मुलुकमा द्धन्द्ध नचाहेको प्रष्ट भएको निधिले बताए । 

नेपाली जनताले आफ्नो अधिकार प्रयोग गरी निर्माण गरेको संविधानलाई नेपाली काँग्रेसले सर्वस्वीकार्य बनाउन चाहेपनि एमालेको अवरोधका कारण तत्काल संभव हुन नसकेको निधिले प्रष्टाए । एमालेले गरेको असयोगका कारण संविधान संशोधन विधेयक सफल हुन नसकेको बताउँदै एमाले अध्यक्ष केपी ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेर पछिल्लो पटक संविधान संशोधन हुन नदिएको निधिले आरोप लगाए । 

निधिले भने,‘हामी मुलुकमा राजनीतिक स्थिरता ल्याउन चाहेका छौँ । तर, एमालेले चाहेको छैन । मुलुकमा द्धन्द्ध फैलाउनु एमालेको प्रमुख उद्देश्य देखिएको छ ।’ एमालेका नेताहरुले विदेशमा गएर संघीयताको विरोधमा गएर लबिङ गरेर राष्ट्रघाती कार्य गरेको भन्दै एमाले मधेश विरोधी, गणतन्त्र विरोधी र संघीयता विरोधी पार्टी रहेको प्रष्ट भइसकेको निधिले बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ