arrow

सेनाले भन्यो ‘२ नं प्रदेशमा भत्किएका सबै बाटो बनिसक्यो’

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
sena.jpg

काठमाडौं । नेपाली सेनाले गत श्रावण महिनामा परेको अविरल वर्षापछि प्रदेश नम्बर २ का बाढीबाट प्रभावित ८ वटा जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरु मर्मत सम्पन्न भईसकेको बताएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्ती अनुसार आगामी असोज २ गते हुन गईरहेको तेस्रो चरणको स्थानीय निर्वाचनको क्रममा सर्वसाधारण जनताहरुलाई मतदान केन्द्रहरुसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसँगको सहकार्यमा नेपाली सेनाले मर्मत तथा स्तरोन्नती गर्ने कार्य बुधबार सम्पन्न गरेको जनाएको हो । 

नेपाली सेनाबाट मर्मत तथा स्तरोन्नती गर्ने कार्यमा भाद्र १२ गतेदेखि खटिएका सैनिक टोलीहरुले पर्सा जिल्लाको ४ स्थानमा १०६५ मिटर सडक र १ वटा कल्भर्ट निर्माण गरिसकेको जनाएको छ । बारा जिल्लाको ५ स्थानमा ७०१५ मिटर सडक, रौतहट जिल्लाको फतुवा, महेशपुर र राजपुर नगरपालिकाको विभिन्न स्थानहरुमा ३८ सय ५५ मिटर सडक र १ वटा पुल, सर्लाही जिल्लाको चक्रघट्टा गा.पा. र बलरा न.पा.को विभिन्न १४ स्थानमा १५ हजार ४ सय २५ मि. सडक र ३ वटा कल्भर्ट, महोत्तरी जिल्लाको लोहरपट्टि गा.पा. र खुटा प्रिपाडीका १२ स्थानमा ४२७४ मिटर सडक, २ वटा पुल र ३ वटा कल्भर्ट निर्माण गरिसकेको सेनाले जनाएको छ । 

त्यस्तै, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका र ककनपट्टिको विभिन्न १० स्थानमा ७२७ मिटर सडक र ३ वटा कल्भर्ट, सिरहा जिल्लाको विष्णुपुर, बरियापट्टि गाउँपालिका तथा गोलबजार र सुखीपुर नगरपालिकाको विभिन्न २० स्थानमा ३३०० मिटर सडक र १० वटा कल्भर्ट, र सप्तरी जिल्लाको शंखरापुर, तिगाढी–कोइलाढी, रुपनी, तिरहुत, खडक, डाक्नेश्वरी र राजविराज नगरपालिकाको ८ स्थानमा ५००७ मिटर सडक र १ वटा कल्भर्ट मरामत तथा स्त्तरोन्ती गर्ने कार्य आज मिति २०७४ भाद्र २८ गते सम्पन्न गरेको छ । 

त्यस्तै, प्रदेश नम्बर २ को ८ वटा जिल्लामा सडक, पुल र कल्भर्ट मरामत तथा स्तरोन्नती गर्ने कार्यको लागि खट्टिएको सैनिक टोलीले जम्मा ४०.६८ किलो मिटर सडक, ३ वटा पुल र २१ वटा कल्भर्टहरु मरामत तथा स्तरोन्नती गर्ने कार्य सम्पन्न गरेको छ । 

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ