arrow

एसीसी यू–१९ क्रिकेटः नेपाल र सिंगापुर मैदानमा, नेपालको कसिलो बलिङ

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
nepal-singapore.jpg

मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुहको अन्तिम खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । 

क्लव अमानको मैदानमा भइरहेको खेलमा टस जितेर सिंगापुरले ब्याटिङ गरिरहेको छ । 

नेपालले यसअघि झैं कसिलो बलिङ गरिरहेको छ । 

नेपालले तेस्रो ओभर विकेट लिएर विकेटको खाता खोलेको छ । 

किशोर महतोलाई सफलता मिलेको हो ।  

दुवै टिम यसअघिका दुवै खेल जितेर सेमिफाइनलमा पुगेकाले यो खेलको विजेता समुह विजेता बन्नेछ । 

नेपालले भुटानलाई ९ विकेटले तथा थाइल्याण्डलाई २५५ रनले हराएको थियो । 

समुह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् । 

मलेसिया र हङकङ समुह विजेता बन्न भिडिरहेका छन् ।

फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ