arrow

ओलम्पिक आयोजनाः सन् २०२४ को पेरिस र २०२८ को लस एन्जलसमा हुने

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
olympic-host.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले सन् २०२४ र सन् २०२८ को ओलम्पिक खेलकुदको आयोजना स्थलको टुंगो लगाएको छ । 

सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा ओलम्पिक खेलुकद आयोजना हुने भएको छ । 

सन् २०२४ को ओलम्पिक खेलकुद आयोजनाका लागि पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएकोमा पछिल्लो पटक लस एन्जलस पछि हटेको थियो । 

आइओसीले आवश्यक बजेट व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाएपछि लस एन्जलस ओलम्पिक आयोजना गर्न थप चार वर्ष कुर्न राजी भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ