arrow

एसीसी यू–१९ क्रिकेटः सिंगापुर ६७ रनमै रोकियो, नेपाल ६८ रनको चुनौति पछ्याउँदै 

पवन सर्राफलाई ६ विकेट

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
nepal-singapore.jpg

मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुहको अन्तिम खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । 

विजयका लागि नेपालले ६८ रनको सामान्य चुनौति पछ्याइरहेको छ । पवन सर्राफले आक्रामक बलिङ गरेपछि क्लव अमानको मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा अलआउट हुँदै ६७ रन बनायो । सर्राफले ८ ओभरमा १२ रन खर्चेर ६ विकेट लिए । 

किशोर महतोले २ तथा कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले १–१ विकेट चड्काए । 

दुवै टिम यसअघिका दुवै खेल जितेर सेमिफाइनलमा पुगेकाले यो खेलको विजेता समुह विजेता बन्नेछ । 

नेपालले भुटानलाई ९ विकेटले तथा थाइल्याण्डलाई २५५ रनले हराएको थियो । 

समुह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् । 

मलेसिया र हङकङ समुह विजेता बन्न भिडिरहेका छन् ।

फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ