arrow

अर्थराज्यमन्त्री राणाले भने, ' हुलाकी राजमार्ग काँग्रेसले शुरु गर्‍यो काँग्रेसले तयार पार्छ '

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
udhayasamser.jpg

रौतहट। नेपाल सरकारका अर्थराज्यमन्त्री तथा काँग्रेसका यूवा नेता उदय शमशेर राणाले तराई मधेशलाई हुलाकी राजमार्गले जोड्ने काँग्रेसको सपना चाँडै पुरा हुने बताएका छन्। तत्कालिन काँग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै पहलमा शुरु भएको हुलाकी राजमार्गलाई काँग्रेसले नै पुरा गर्ने अर्थराज्यमन्त्री राणाले बताए।

नेपाल प्रेस युनियन रौतहट शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अर्थराज्यमन्त्री राणाले नेपाल सरकारका तर्फबाट आफैले हुलाकी राजमार्ग बनाउने निर्णय भए अनुसार यो बर्ष १० अर्व रुपैयाँ वजेट विनियोजन भएको बताए। अर्थमन्त्रालयले तत्काल हुलाकी राजमार्गको काम अघी बढाउन भौतिक निर्माण मन्त्रालयलाई १ अर्व रुपैया निकासा भइसकेको पनि बताए। पूर्व पश्चिम राजमार्गको दक्षिणमा रहेका तराई मधेशका जनताको सहजता र सम्पर्कलाई थप सहज बनाउने विश्वास लिइएको हुलाकी राजमार्गलाई काँग्रेसको सपनासँग जोडिएको कारण पनि काँग्रेसले यसलाई पुरा गरि छाड्ने काँग्रेस नेता समेत रहेका राणाले बताए। उनले भने, 'बजेट अभाव लगायतका अन्य प्राविधिक कारणबाट हुलाकी राजमार्ग अब रोकिन्न। '

चुनाव प्रचारका क्रममा तराई मधेशका विभिन्न स्थानिय तहमा पुगेका राणाले कााग्रेसप्रति जनताले देखाएको विश्वास भरोसाकै कारण तराई मधेशमा काँग्रस स्पष्ट बहुमतका साथ पहिलो पार्टी हुने बताए। उनले समग्रमा पनि काँग्रेस पहिलो पार्टी प्रदेश नम्वर २को भुमिका रहने बताए। तराई मधेशले सदाझै काँग्रेसलाई गुन लगाउने विश्वास जनाउँदै उनले काँग्रेसले पनि मधेशी जनताको लगाएको गुन तिर्ने जनाए।

संविधान संसोधनको प्रसङमा बोल्दै राणाले एमालेको हठी प्रवृतीले मधेशी जनताको भावनाको सम्मान हुन नपाएको उल्ले्ख गर्दै दुई तीहाई पुग्ने अवस्था आउँदा काँग्रेसले संविधान संसोधन मार्फत मधेशी जनताको भावनालाई सम्मान गर्ने बताए। मधेशीको भावनालाई तिरस्कार गर्ने एमालेलाई यो चुनावबाट जवाफ दिनुपर्ने राणाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ