arrow

भृकुटीमण्डपमा “सुविसु क्यान कमटेक २०१७“ मेला सुरु

सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ : सञ्चारमन्त्री

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
can-new.jpg

काठमाडौँ।  सूचना र प्रबिधिको प्रबर्धन गर्ने उद्देश्यले सूचना प्रबिधि क्षेत्रको  मेला “सुविसु क्यान कमटेक २०१७“ भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा सुरु भएको छ । बिहिबार कमटेकको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरे । कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को   बिहिबार  उद्घाटन गर्दै उनले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे।

“अबको एक महिनाभित्र सूचना प्रविधिको विकासका लागि नयाँ कार्ययोजना ल्याउँदै छौँ,” उनले भने  – “अहिले म सूचना प्रविधिको विकासका लागि गहन अध्ययनमा रहेको छु ।’’

मन्त्री बस्नेतले प्रविधिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै त्यसका लागि योजना ल्याउन निजी क्षेत्रसँग आग्रह गरे। उनले भने, “नयाँ कानून बनाएर हुन्छ कि संशोधन गरेर हुन्छ नेपाललाई ‘डिजिटल’ युगमा लानुपर्छ ।”

कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्मा र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना प्रविधि क्षेत्रमा विकासलाई प्राथमिकता दिन आग्रह गरे।

 क्यानले  यस  पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै प्याभिलियनको व्यवस्था गरिएको छ । प्यभिलिययनमा अबलोकनकर्ताहरुले सिसिटिभि, आक्सेस कन्ट्रोल सिस्टम, सेन्सर एण्ड आलाराम, स्टाफ एटेन्डेन्स, फायर स्मोक डिटेक्टर, फायर फाइटर आदि बारे जानकारि पाउनेछन् ।

यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । ब्रोडब्याण्ड ईन्टरनेट सेवामा अन्तर्गत विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण रहेको छ । साथै यस संसकरणको कमटेकमा बिभिन्न कम्पनीले दशै अफर लिएर आएका छन् ।भृकुटीमण्डपमा शुरु भएको क्यान कमटेक आउँदो असोज १ गतेसम्म सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ