arrow

भुकम्पपीडित विद्यार्थीलाई लायन्सको ९ लाखको न्यानो

बेल्जियमका नागरिक लुकको विशेष सहयोगमा न्यानो कपडा वितरण सम्भव भएको हाे ।

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
photo6.jpg.jpeg
काठमाडौं । भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक ठोकर्पाका सरकारी विद्यालयमा अध्ययन गर्ने विधार्थीलाई हिमालयन केयर ह्याण्स् र लायन्स क्लब अफ नेपाल हिमालयले न्यानो कपडा वितरण गरेको छ । 

ठोकर्पामा रहेका छ वटा विद्यालयका कक्षा एक देखि १० सम्म पढ्ने १०१८ जना विधार्थीहरुलाई ऊनीको स्वेटर र टोपी वितरण गरिएको हो । बुधबार  बाघभैरव उच्च माध्यमिक विद्यालय र ठोकर्पा माध्यमिक विद्यालय परिसरबाट भेगीय अनुकुलतामा सबै विद्यालयका विधार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । 

यसैगरी बुधबार नै काभ्रेको कोलाती गाविसको वडा नं ८ स्थित आँपटारका माझी बस्तीमा पुगेर सोही टोलीले ४५ घरपरिवारलाई फाइबर सिरक, ऊनी स्वेटरलगायतका सामाग्री वितरण गरिएको छ । साथै त्यहाँ रहेको प्राथमिक विद्यालयका ४३ जना विधार्थीहरुलाई स्वेटर, टोपी र शैक्षिक सामाग्री वितरण गरिएको लायन्स क्लबका अध्यक्ष केदार न्यौपानेले बताएका छन् । 

भुकम्पले गर्दा पर्याप्त न्यानो कपडा नभएर जाडोले कष्टकर रुपमा जीवन विताइरहेका विधार्थीहरुलाई बेल्जियमका नागरिक लुकको विशेष सहयोगमा न्यानो कपडा वितरण सम्भव भएको हिमालयन केयर ह्याण्स्का अध्यक्ष इन्दिरा खतिवडाले बताइन् । सो कार्यक्रममा बेल्जियमका नागरिक लुक सहित १६ जना लायन्स सदस्यहरुको सहभागीता रहेको थियो । काभ्रे र सिन्धुपाल्चोकमा बितरण गरिएका टोपी, स्विटर र फाइबर सिरकको मुल्य ९ लाख पचास हजार रहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ